बुधबार, असार १०, २०८३

चितवन पुगेर बागीलाई फकाउन सकेन गृहमन्त्री खाँणको टोलीले

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट परेको बागी उम्मेदवारी फिर्ता गराउन पुगेका नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले आफ्नो प्रयास असफल भएपछि कांठमाडौं फर्किने तयारी गरेका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट परेको बागी उम्मेदवारी फिर्ता गराउन पुगेका नेपाली कांग्रेसका केन्द्रीय नेताहरूले आफ्नो प्रयास असफल भएपछि कांठमाडौं फर्किने तयारी गरेका छन्।

National life

गठबन्धनको पक्षमा माहौल बनाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन नसकेपछि काठमाडौं फर्कने तयारीमा छन्। 

शुक्रबार बिहान ८ बजेलाई होटेल सेन्टर पार्कमा भेट्ने कार्यक्रम भए पनि उनीहरूबीच भेट हुन सकेन। पौडेललाई कार्यकर्ताले पौडेल निवासबाट बाहिर निस्कन दिएका छैनन्। 

बिहीबार बालकृष्ण खाँड र उमेश श्रेष्ठले पौडेल निवासमा नै पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेता पनि पौडेलले उक्त आग्रह अस्वीकार  गरेका थिए। स्रोतका अनुसार बिहीबार गृहमन्त्री खाँड र राज्यमन्त्रीले पौडेललाई भेटेर मन्त्रीदेखि राजदूतसम्मको प्रस्ताव गरेका थिए। 

गृहमन्त्रीसँगको भेटपछिको प्रतिक्रियामा पौडेलले  चितवन जिल्लाका साथीहरूको मान मर्यादा र उनीहरूको भविष्यसँग जोडिएको भन्दै यो एक्लैको निर्णय नभएको बताएका थिए। पौडेललाई भेट्नुअघि बिहीबार खाँडले बागीका प्रस्तावक पार्टीका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका थिए। 

Shivam cement

भेटमा गृहमन्त्री खाँणले गठबन्धनको मर्म बुझिदिन आग्रह गरेका छन्। पाँचदलिय गठबन्धनमा माओवादीको भागमा भरतपुर महानगरको मेयर परेपछि नेपाली कांग्रेसका जगन्नाथ पौडेलले मेयरको उम्मेदवारी दिएका थिए। 

अघिल्लो निर्वाचनमा पनि माओवादीमा मेयरलाई सघाएको र यसपटक पनि माओवादीकै भागमा मेयर दिइएको भन्दै चितवन कांग्रेस असन्तुष्ट छ। यता माओवादीबाट उम्मेदवार रेणु दाहाल भने बागी उम्मेदवारका कारण आफूलाई त्यति असर नगर्ने दाबी गरिहरेकी छिन्।

प्रकाशित: Apr 29, 2022| 12:09 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...