काठमाडौं- शुक्रबार बिहान बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले पाँच दलबाहिरको तालमेल खारेज गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको हो।
गठबन्धन आवद्ध राजनीतिक दलका स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ताका लागि पहल गर्ने, गठबन्धनभन्दा बाहिर अन्य दलसँग गरेको तालमेल खाजेर गर्ने र रारेज नगरे कारबाही गर्ने नेताहरूबीच सहमति भएको छ।