बुधबार, असार १०, २०८३

निर्वाचनमा युवा सहभागिताबारे अन्तरक्रिया

स्थानीय तहको निर्वाचनमा युवाको सहभागिताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनमा युवाको सहभागिताका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपाल (एएनएफवाइ)ले युएनडिपिको सहकार्यमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा युवा सहभागिताका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

National life

यही वैशाख ३० गते चौथो पटक स्थानीय तहको निर्वाचनमा मुलुक जुटिरहेको अवस्थामा एएनएफवाइले विगतको निर्वाचन र हालको हुने निर्वाचनमा केकस्ता कार्यक्रम हुँदै छन् भन्नेबारे युवा वर्गको जिज्ञासालाई मेटाउन निर्वाचन आयोगका उपसचिव एवम् सूचना अधिकारी र सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालको प्रस्तुतिमा कार्यक्रम सञ्चालन गरेको छ।

स्थानीय निर्वाचनबाट स्थानीय सरकार, सेवा र स्थानीय विकासका लागि चुनाव गर्ने गरिन्छ। तसर्थ निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका बारेमा प्रस्तुति दिएका थिए।

उनले विशेष त भोटर शिक्षा, सुसूचित मतदान तयार पार्ने र बदर मत कसरी न्यून गर्न सकिन्छ भन्ने बारेमा प्रस्टाए। उनले यस निर्वाचनमा वैशाख २९ गतेसम्ममा १८ वर्ष पूरा हुनेलाई मतदान दिन अनुमति दिएको बताए। जसले गर्दा मतदाताको संख्यामा पौने दुई लाख जति थप भएको उनले बताए। २०४९ सालदेखि नै १८ वर्ष उमेर पुगेकालाई मताधिकारको प्रयोग गर्न दिइएको थियो। त्यो भन्दा अगाडि २१ वर्ष उमेर पुगेकाले मात्र मतदान गर्न पाएका थिए।

भोटलाई कसरी बदर हुनेबाट रोक्ने भन्नेबारेमा पनि प्रवक्ता अर्यालले मतपत्रका बारेमा बताएका छन्। यस निर्वाचनमा एक खण्डे मतपत्र ३६ जिल्लाका लागि छपाइएको छ भने दुई खण्डे मतपत्र ४१ जिल्लाका लागि २८ लहरको मतपत्र छपाएको उनले बताए। यसैगरी ५६ लहरको मतपत्र ४१ जिल्लाका लागि आयोगले छापेको बताए।

Shivam cement

प्रकाशित: Apr 29, 2022| 11:38 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...