बुधबार, असार ३१, २०८३

प्रशिक्षणका लागि नेपाली फुटबल टोली थाइल्यान्ड प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली यु-२३ फुटबल टोली १० दिने प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्ड प्रस्थान गरेका छन् । ३२ सदस्यीय नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीहरुले विदाई गरे।

टिमको १० दिने प्रशिक्षण दौरान नेपाली युवा टिमले दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। एन्फाका अनुसार नेपाली यु-२३ टिमले अगस्ट ७ मा थाइल्यान्डको स्थानिय क्लब पुलिस टेरोसँग बोनयचिन्दा स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। १० अगस्टमा थाम्मासत युनिभर्सिटी मैदानमा थाइल्यान्डको यु-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको एन्फाले जनाएको छ। 

एसियन गेम्स अन्र्तगतको पुरुष फुटबल अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ। नेपाल जापान, भियतनाम र पाकिस्तान रहेको समूह ‘डी’ मा रहेको छ । यू २३ मा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपालले गोलकिपर किरण चेम्जोङ, मिडफिल्डरद्वय रोहित चन्द र विशाल राईलाई समावेश गरेको छ । भरत खवास चोटका कारण बाहिरिएपछि उनको ठाँउमा विशाललाई राखिएको थियो।

किरण चेम्जोङ बुधबार माल्दिभ्सबाट काठमाडौं आइपुगेको र उनी तीन दिनपछि थाइल्यान्ड प्रस्थान गर्ने एन्फाले जनाएको छ । रोहित चन्द इन्डोनेसियामै छन् । तीन महिनाअघिबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा एसियाड र साफ च्याम्पियनसिपको लागि तयारी गरिरहेको थियो । टोली थप प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गर्न लागेको हो।

थाइल्यान्ड प्रस्थान गरेका नेपाली टोली

एलेन न्यौपान, सोजित गुरुङ, अनन्त तामाङ, आदिथ्य चौधरी, अन्जन विष्ट, विमल घर्तीमगर, विराज महर्जन, बिशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरव बुढाथोकी, जर्ज्प्रिन्स कार्की, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, नवयुग श्रेष्ठ, रविन श्रेष्ठ, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ र अभिषेक रिजाल रहेका छन्। 

त्यस्तै टिम प्रशिक्षकमा ग्योतोकु कोजी, प्रशिक्षकमा बाल गोपाल महर्जन, गोलरक्षक प्रशिक्षक नविन्द्र महर्जन, दोभासेमा रोसन तुलाधर, म्यानेजरमा बावुकाजी बस्नेत र फिजियोमा राजु दाहाल रहेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।