काठमाडौं- सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्ण कुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति माओवादीले जनाएको छ।
यसैगरी उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगराएर माओवादी केन्द्रकी दुर्गा थापालाई सघाउने सहमति भएको छ।
सत्ता गठबन्धनका दलको बैठकले एमालेसँग तालमेल नगर्न सर्कुलर गरे पनि सिन्धुपाल्चोकको सुनकोशीमा भने गाउँपालिकास्तरीय नेताहरूबीच एमालेसँग तालमेल भएको छ।