काठमाडौं- सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बस्ने भएको छ।
बैठक केही समयमा सुरु हुने समिति संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए। बैठकमा देशभर गठबन्धन विपरित उठेका बागी उमेदवारलाई फिर्ता गराउने विषयमा छलफल हुने बताइएको छ।
निर्वाचनका सम्बन्धमा तल्ला तहमा भइरहेको गतिविधिका विषयमा पनि छलफल बताइएको छ।