बुधबार, असार १०, २०८३

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बन्द रहने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

National life

आयोगले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भन्दै मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन भौतिक रूपमा पठनपाठन बन्द गर्न आग्रह गरेको हो।

आयोगले त्यस्ता विद्यालयहरू २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भएकाले विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको आयोगले जनाएको छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकारसमक्ष अनुरोध गरेको छ।

प्रकाशित: Apr 29, 2022| 07:10 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...