शुक्रबार, साउन २९, २०८३

आज उमेदवारी फिर्ता लिन सकिने, साँझ ५ बजे अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ। आयोगले आज साँझ नै ५ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिने जनाएको छ। आयोगले आज साँझ नै ५ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत  निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि बिहीबार साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो। आज उमेदवारी फिर्ता लिन चाहने उमेदवारले आफ्नो नाम फिर्ता लिइसकेपछि साँझ ५ बजे अन्तिम नामावली प्रकाशन  गरिने आयोगले जनाएको छ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ। आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ।

अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ।

आयोगले १७ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ।

प्रकाशित: Apr 29, 2022| 06:22 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...