बुधबार, असार १०, २०८३

स्थानीय निर्वाचनमा उम्मेदवारको संख्या १ लाख ५३ हजार नाघ्यो

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ५३ हजार नाघेको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९
National life
Shivam cement

काठमाडौं– यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ५३ हजार नाघेको छ। 

निर्वाचन आयोगले आज गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी परेको विवरण प्राप्त भएको जानकारी दिए।

आयोगले ११ र १२ वैशाखका लागि मनोनयनको दिन तोकेको थियो। देशभरका ७५३ वटा पालिका प्रमुख, सोही संख्यामा उपप्रमुख, ६ हजार ७४३ वडाध्यक्ष, त्यत्ति नै महिला र दलित सदस्य तथा १३ हजार ४८३ सदस्यका लागि निर्वाचन हुँदैछ। केही पालिका प्रमुख, वडाध्यक्ष तथा सदस्यका लागि भने एकल मनोनयन परेको आयोगले जनाएको छ।


प्रकाशित: Apr 28, 2022| 16:42 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...