बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नातावाद होइन, प्रधानमन्त्री त्याग गरेको परिवारबाट आएकी हुँ : सिर्जना सिंह

नातावाद होइन, प्रधानमन्त्री त्याग गरेको परिवारबाट आएकी हुँ : सिर्जना सिंह

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो परिवारले राजनीतिमा योगदान तर त्यसका आधारमा मात्र आफूले मेयरको टिकट प्राप्त नगरेको दाबी गरेकी छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट काठमाडौं  महानगरको मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो परिवारले राजनीतिमा योगदान तर त्यसका आधारमा मात्र आफूले मेयरको टिकट प्राप्त नगरेको दाबी गरेकी छन्। कार्की ब्यांकेटमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएकी हुन्। 

National life

'हो म राजनीतिक परिवारकी महिला हुँ। गणेशमानसिंह र मंगलादेवी सिंहकी बुहारी हुँ। प्रकाशमान सिंहकी श्रीमती हुँ,' नातावादको आरोपलाई खण्डन गर्दै उनले थपिन्, 'म प्रधानमन्त्रीको पद पनि त्याग गरेको परिवारबाट आएकी महिला हुँ।'

कार्यक्रममा उनले आफ्नी सासूआमा मंगलादेवी सिंहको प्रशंशा गरेकी थिइन्। 'मंगलादेवी सिंह आफ्ना श्रीमान् (गणेशमान सिंह) जेलमा हुँदाहुँदै पनि महिलाले सबैखाले अधिकार पाउनुपर्छ। मताधिकार पानुपर्छ। शिक्षामा अवसर पाउनुपर्छ भनेर लडेको महिला हो,' आफ्नो परिवारले प्रजातन्त्रका लागि लामो समय योगदान गरेको स्मरण गर्दै उनले उल्लेख गरिन्, 'मेरो परिवारका कुनै सदस्यले न सामाजिक विचलन ल्याएको भनेर औँला ठड्याउन सक्छ। न सम्पदा, संस्कृति र सभ्यतामा हानी पुर्‍याएको भनेर औँला ठड्याउन सक्छ। मेरो परिवारको न कुनै सदस्यमाथि भ्रष्टाचार गरेको आरोपमा कसैले औँला ठड्याउन सकोस्। म प्रजातन्त्रका लागि लामो समय योगदान गरेको परिवार र पार्टीबाट आएकी महिला हुँ।' प्रजातन्त्रका लागि लडेको र राजनीतिक परिवारमा आफू विवाहपछि जोडिएर आफूले कुनै गलत काम नगरेको उनको भनाइ थियो।  

उनले आफू कुरा मात्र नभएर काम पनि गरेर देखाउनका लागि मेयर पदमा उम्मेदवार बनेको दाबी गरिन्। महानगरबासीलाई सम्बोधन गर्दै उनले सबैका कल्पना पूरा गर्न आएको उल्लेख गरिन्। 

उनले संसारका माानिसलाई काठमाडौं घुम्नै पर्ने सहर बनाउने दाबी गरिन्। 'मुख होइन, रुख हेर्नुपर्छ' भन्दै आफ्ना लागि भोट मागेकी थिइन्। 

Shivam cement

प्रकाशित: Apr 28, 2022| 13:48 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...