बुधबार, असार १०, २०८३

काठमाडौं मेयर उम्मेदवार सिर्जनाले ल्याइन् '७ 'स' को संकल्प

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले ७ स को संकल्प सार्वजनिक गरेकी छन्। बिहीबार कार्की ब्यांकेटबाट घोषणापत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार सिंहले '७ सको संकल्प' सार्वजनिक गरेकी हुन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले ७ स को संकल्प सार्वजनिक गरेकी छन्। बिहीबार कार्की ब्यांकेटबाट घोषणापत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार सिंहले '७ सको संकल्प' सार्वजनिक गरेकी हुन्। 

National life

सिर्जनाका सात समा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यावरण छन्। यस्तै सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण गर्ने पनि उनको संकल्प छ। यसैगरी, सबल र समावेशी पूर्वाधार र स्वावलम्बी महिला, सबल युवा र सिर्जनशील महानगरबासी बनाउने आफ्नो संकल्प रहेको बताइन्। 

उनले भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिबद्धतासमेत गरेकी छन्। फोहोर कम गर्न'जिरो वेस्ट म्यानेजमेन्ट' नीति कार्यान्वयनमा ल्याइने उनले बताइन्। राजधानीका बाटोघाटो नदीनालामा  आफ्नो मुख्य चासो  रहेको उनले  बताइन्। 

'पीएल सिंहपछि काठमाडौंको जस्ताको तस्तै छ। बाटोघाटो बिग्रिएको छ। बनेको छैन। काठमाडौंलाई साइकल लेन, ट्राफिक जाम कम हुने सहर बनाउने मेरो योजना छ,' सिंहले भनिन्। 

विस्तृतमा  ७ स

Shivam cement

१. सेवा र सुशासन 

–महानगरलाई विधिको शासन,नियम, कानुन भित्र रही चलाउने संकल्प ।

–भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौ महानगरलाई स्थापित गर्ने ।

–संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसँग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्ने ।

२. स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा

–शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुँचयुक्त बनाउने ।

–महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुनस्र्थापन सहितको ‘शहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरिय अस्पतालको संचालन गर्ने ।

–ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने ।

३. स्वच्छ र सफा सहर दिगो पर्यावरण

–काठमाडौ महानगरलाई जिरो वेस्ट नगरपालिका बनाउने ।

–पिउन योग्य पानी, श्वास फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नुे ।

–सार्वजनिक खुला स्थान, पार्क, वन, हिटी, इनार पोखरी, बहा, फल्चाआदिको संरक्षण, पुनःस्थापना तथा विस्तार गर्ने ।

४. सहरी सुरक्षा

–महिला बालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिडडुल गर्न सक्ने सहरको निर्माण गर्ने ।

–विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्ने ।

५. संस्कृति, सम्पदा र सभ्यता

–मौलिक ज्ञान, भाषा, जात्रा, बाजा गाजा, चाडपर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्बर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसँग जोड्ने ।

–गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिबघ रही कार्य गर्ने ।

६. सबल र समावेशी पूर्वाधार

–सहज रुपमा हिडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रीत सहरका रुपमा महानगरलाई विकास गर्ने ।

–महानगर क्षेत्रभित्र सबै खालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रविधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्ने ।

–महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पूर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अबिलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्ने ।

७. स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरबासी 

–युवाका लागि अवसर महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिने ।

–उद्यमशीलताको विकासको लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने ।

प्रकाशित: Apr 28, 2022| 13:24 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...