बुधबार, असार १०, २०८३

हामीलाई चकटीमा बस्ने मेयर चाहिएको छ : गगन थापा

उनले काठमाडौंलाई सडकविस्तार मात्र नभएर फुटपाथको विस्तार चाहिएको समेत बताएका छन्। 'काठमाडौंलाई सडक विस्तार मात्र नभएर फुटपाथको पनि विस्तार चाहिएको छ। मैले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पनि यही कुरा भनेको छु,' थापाले भने।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले 'मेयर साप्' नभएर सँगसँगै चकटीमा बस्ने साथीजस्तै मेयर चाहिएको बताएका छन्। नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहको घोषणापत्र सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन्। 

National life

महामन्त्री थापाले काठमाडौंलाई सडकविस्तार मात्र नभएर फुटपाथको विस्तार चाहिएको समेत बताएका छन्। 'काठमाडौंलाई सडक विस्तार मात्र नभएर फुटपाथको पनि विस्तार चाहिएको छ। मैले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पनि यही कुरा भनेको छु,' थापाले भने। 

काठमाडौंमा एक बिन्दुबाट अर्को बिन्दुमा १०-१२ मिनेटमा पुग्न सकिने बनाउनुपर्ने समेत बताए। 'बल्खुबाट १२ मिनेटमा गौशाला पुग्ने कुरा रिसर्च टिमले निष्कर्ष निकालेको छ। फुटपाथमा हिँडेर घर पुग्न सक्ने बनाउँछु भन्नु भएको छ,' उनले भने, 'उपचार महँगो छ। भान्सा बदल्नु छ। खानपिनको शैली बदल्नु छ। यसमा नै काम गर्नुछ भनेर भन्नु भएको छ। पैसा नभएपनि उपचार गर्न सक्ने बनाउँछु।'

नेतृ सिंहलाई उद्धृत गर्दै उनले भान्साबाट निस्केको फोहोर व्यवस्थापन गर्न सके काठमाडौंको फोहोर आधा कम हुने बताए। उनले यसपटक सूर्यलाई बिर्सेर रुखमा मतदान गर्न पनि आग्रह गरेका  थिए। 

प्रकाशित: Apr 28, 2022| 13:08 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...