बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीलाई कांग्रेसका बागीको जवाफ- रेणुको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुन्छ

गृहमन्त्रीलाई कांग्रेसका बागीको जवाफ- रेणुको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुन्छ

गृहमन्त्री बालकृष्णा खाँणले चितवन पुगेर भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

चितवन- गृहमन्त्री बालकृष्णा खाँणले चितवन पुगेर भरतपुर महानगरपालिकाको मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन्।

National life

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई भरतपुर पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन 'कन्भेन्स' गर्न आग्रह गरेका थिए।

तर, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन्। 

उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन्।

‘उहाँहरूले उम्मेदवारी फिर्ता लिइदिनुपर्‍यो, गठबन्धन जोगाउनुपर्नेछ भन्नुभयो। मैले यो चितवनका साथीहरूको प्रतिष्ठा र उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो। मैले एक्लै निर्णय गर्ने विषय होइन, त्यसो भएको हुनाले म यो गर्न सम्भव देख्दिन भनेर पठाएँ,’ उनले भने।

Shivam cement

यसका साथै उनले आफू ब्याक हुनुभन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने बताएको  प्रतिक्रिया दिएका छन्।

उनले उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए।

प्रकाशित: Apr 28, 2022| 12:57 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...