शुक्रबार, साउन २९, २०८३

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्षद्वारा पार्टी परित्याग

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गर्ने गरेका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवं आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गर्ने गरेका छन्। 

पौडेलले अध्यक्ष कमल थापालाई राजीनामा पत्र बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्। उनले अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ।

राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल थापातिरै लागेका थिए। पौडेल थापाका विश्वास पात्र मानिन्थे।

राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए।



प्रकाशित: Apr 28, 2022| 12:42 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...