बुधबार, असार ३१, २०८३

नेपाललार्इ तेस्रो झट्का : ज्ञानेन्द्र, अनिल र सुवास आउट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अर्न्तग नेपालले तेस्रो विकेट गुमाएको छ । 

पहिलो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लालाई गुमाउदा दोस्रो उिकेटको रुपमा अनिल साहलाई गुमाएको छ । त्यस्तै तेस्रो विकेटमा रुपमा नेपालले सुवास खकुरेललार्इ पनि गुमाएको छ । 

जारी खेलमा मल्ल र साहलार्ई नेदरल्यान्डुका बलर फ्रेद क्लासिनले आउट गरे । त्यस्तै खकुरेललार्इ क्लासेनले पेभेलियन फर्काएका छन् । 

मल्लले २४ बल खेल्दै दुई चौकाको मद्दतमा १३ रन जोडे । उनले पहिलो एक दिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक ५१ रन जोडेका थिए । त्यस्तै साहले तीन बल खेल्दै एक चौका प्रहार गरेर चार रन जोडे । मल्ल र साहले पहिलो खेलमा ५८ रनको साझेदारी गरेका थिए । 

३३ बलको सामना गरेका खकुरेलल ३ चौकाको मद्दतले १९ रन जोडे । अहिले पारसलार्इ साथ दिन दीपेन्द्र सिंह एरी क्रिजमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।