बुधबार, असार १०, २०८३

बागी उम्मेदवार पौडेललाई फकाउन राज्यमन्त्री श्रेष्ठ चितवनमा

चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले दौडधुप थालेका छन्।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९
National life
Shivam cement

चितवन- चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले दौडधुप थालेका छन्।

गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता पौडेललाई फकाउन चितवन पुगेका छन्। यहीबीच पौडेललाई फकाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि बिहीबार बिहान भरतपुर पुगेका छन्।

भरतपुर-७ कृष्णपुरस्थित पौडल निवासमा पौडेल र श्रेष्ठबीच उम्मेदवारी फिर्ता लिनेबारेमा छलफल भएको छ। भेटमा पौडेलले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिएको बताइएको छ।


प्रकाशित: Apr 28, 2022| 09:49 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...