आइतबार, मंसिर ७, २०८२

आईपीएलमा हैदराबादलाई गुजरातले हरायो

इन्डियन प्रिमियमर लिगको बुधबार राति सम्पन्न ४०औं खेलमा सनराइजर्स हैदराबादलाई गुजरात टाइटन्सले पाँच विकेटले हराएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- इन्डियन प्रिमियमर लिगको बुधबार राति सम्पन्न ४०औं खेलमा सनराइजर्स हैदराबादलाई गुजरात टाइटन्सले पाँच विकेटले हराएको छ। टस हारेर पहिले ब्याटिङ पाएको हैदराबादले पाँच विकेटको हार बेहोरेको हो।

National life

हैदराबादले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १९५ रन बनाएको थियो। जवाफमा पुरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा गुजरातले १९९ रन बनाएर निर्धारित लक्ष्य पुरा गरेको थियो।

खेलमा अभिषेश शर्माले ६५ रन बनाए भने ऐडेम मार्करमले ५६ रनको योगदान दिए। त्यस्तै, शशांक सिंहले पनि २५ रनको योगदान दिए। त्यो पारीमा बलिङतर्फ मोहम्मद शामीले तीन विकेट लिए भने यास दयाल र अल्जरीले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा ओपनर रिद्धिमान साहले ६८ रन बनाए भने सुभमन गिलले ३३ र राहुल तेवतियाले ४० रनको योगदान दिए। बलिङतर्फ उरमान मलिकले पाँच विकेट गिराए पनि अन्य खेलाडीले विकेट लिन सकेनन्। यससँगै अन्तिम बलमा गुजरात विजयी भएको थियो।

जित निकालेसँगै आईपीएल अंकतालिकाको शीर्षस्थानमा छ। उसले आठ खेलबाट १४ अंक बनाएको छ। १२ अंक बनाएको राजस्थान दोस्रो स्थानमा छ भने समान १०–१० भएका हैदराबाद र लखनौं तेस्रो र चौथो स्थानमा छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 28, 2022| 08:37 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।