बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटि्ङ गर्दै, जित्नैपर्ने दबाबमा नेपाल

नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटि्ङ गर्दै, जित्नैपर्ने दबाबमा नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अर्न्तगत नेपालले आज (शुक्रबार) दोस्रो खेल खेल्दैछ। 

पहिलो खेल गुमाएको नेपालले यतिखेर टस जितेर ब्याटिङ गरिरहेको छ। ‘डेब्यु’ ऐतिहासिक खेलमा घरेलु टोलीसँग नेपाल ५५ रनले पराजित भएको थियो। डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटलाई यादगर बनाउन पनि नेपालले शुक्रबार हुने खेल जित्नैपर्ने दबाब छ।

पहिलो एक दिवसीयमा बलिङ राम्रो प्रदर्शन गरेको नेपालले अन्तिम तथा दोस्रो एक दिवसीय खेलमा ब्याटिङमा सुधार गर्नुपर्ने देखिन्छ।
 
पहिलो खेलमा लागेको चोटका कारण मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले आजको खेल खेल्ने छैनन्। कप्तान पारस खड्काले भरपर्दा ब्यट्सम्यान शरद भेषवाकर घाइते हुनुले टिमका लागि घाटा भएको प्रतिक्रिया दिएका छन्। 

शरदले पहिलो इनिङ्समा फिल्डिङ गर्ने क्रममा औलामा चोट बोकेपछि अन्तिम नम्बरमा ब्याटिङमा आएका थिए। डेब्यु खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १ सय ३४ रनमा समेटिएको थियो।

आजको नेपालको प्लेइङ ११ यस्तो छ

कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल साह, दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, सोमपाल कामी, बसन्त रेग्मी, ललित भण्डारी, सन्दिप लामिछाने, सुवास खकुरेल र रोहित कुमार रहेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।