आइतबार, मंसिर ७, २०८२

प्रशिक्षक अल्मुताइरीसँग रिसाए 'सिनियर' खेलाडी

'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,’ किरणले लेखेका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारमा असन्तुष्टि जनाएका छन्। माल्दिभ्समा रहेका किरणले फेसबुकमामा आफ्नो असन्तुष्टि रहेको बताएका हुन्।

National life

'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन। टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु,’ किरणले लेखेका छन्। 


यसअघि राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै क्याम्पबाट ९ खेलाडी बाहिरिएका थिए। रोहितले खेलाडीको खाने-बस्ने सुविधाका विषयमा प्रशिक्षकसँग कुरा गरेका थिए। यही विषयमा अलमुताइरी उनीसँग रिसाएका थिए। अल्मुताइरीले चित्त नबुझे क्याम्प छाड्न सक्ने भनेपछि खेलाडी बाहिरिएका हुन्।

एएफसी एसियन कप २०२३ को छनोटका लागि अघिल्लो सातादेखि नेपाली टिमलाई प्रशिक्षणमा राखिएको थियो। खेलाडीहरू विशाल राई, अनन्त तामाङ, विमल घर्तीमगर, अन्जन विष्टसहितका खेलाडीले होटल छाडेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 27, 2022| 23:17 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।