आइतबार, मंसिर ७, २०८२

एशियन गेम्सको बक्सिङ छनोटमा मिनु र ललिताको जित

नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औं एशियन गेम्सका लागि यही अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- नेपाल बक्सिङ संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गइरहेको १९ औं एशियन गेम्सका लागि यही अप्रिल २७ देखि अप्रिल ३० तारिखसम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ छनोट खेल सुरु गरेको छ।

National life

प्रारम्भिक छनोट खेलमा बुधबार फ्लाई वैट ५१ किलो महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन्।

त्यसै गरी सोही तौल समूहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन्। फ्लाई वैट तौल समूहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बागमती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन भने बाग्मती प्रदेशकी सुस्मा तामाङले बाग्मती प्रदेश 'ए' कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिनन्।

त्यसै गरी महिला वेन्टमवैट तौल समुहमा बागमती प्रदेशका हेमा राईले बागमती प्रदेश 'ए' कै स्वस्तिका लाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन्।

पुरुषका खेलहरुमा ५२ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापाललाई क्रमश ३:२ र ५:० अंकको आधारमा जित हात पारे। त्यसैगरी ५७ केजी तौल समूहमा नेपाल आर्मी बी का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी 'ए' का खेलाडी ईन्द्र बहादुर सुनारले वाक ओभरका आधारमा जिते।

Laxmi sunrise bank
kumari

६३ केजी तौल समूहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५:० अंकको आधारमा र सोही तौल समूहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४:१ अंकको आधारमा जित हासिल गरे।

त्यसैगरी ७५ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ललितपुरका खेलाडी साजन थिङ तामाङले ३:२ अंकको आधारमा र लुम्बिनी प्रदेशका खेलाडी विकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५:० अंकको आधारमा जित हात पारे।

प्रकाशित: Apr 27, 2022| 20:35 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।