मंगलबार, वैशाख ३०, २०८२

उद्योगमा विद्युत आपूर्ति 'डिस्टर्ब' छ, तालिका दिन सक्दैनौँ

यति यति बजे काट्छौँ भन्न सक्दैनौँ किनभने कति विद्युत ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन।
 |  बुधबार, वैशाख १४, २०७९
nespernesper

कुलमान घिसिङ

कुलमान घिसिङ

बुधबार, वैशाख १४, २०७९

vianetvianet

उद्योगमा केही दिनदेखि राति विद्युत आपूर्तिमा डिस्टर्ब छ। विद्युत पाएको बेला दिइरहेका छौं। भएन पनि अघिल्लो दिन बेलुका ६ बजे भोलि यो यो हुन्छ भनेर जानकारी गराउछौँ। यति यति बजे काट्छौँ भन्न सक्दैनौँ किनभने कति विद्युत ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन। 

triton college

कुनै बेला स्वीकृति लोडअनुसार नै २४सै घण्टा विद्युत उपलब्ध गराएका छौँ। कुनै बेला १२ घण्टा, १८ घण्टा दिनुपर्ने हुन्छ। आयातको आपूर्ति चेन कसरी हुन्छ सोही आधारमा उद्योगलाई विद्युत आपूर्ति हुन्छ। यो समस्या १०/१५ जति होला जस्तो छ। त्यसलै केही समस्या आयो भने बेलुका बिहान केही ठाउँमा विद्युत कटौती गर्नु पर्ने अवस्था हुन सक्छ। यो लामो नहुन सक्छ। बिहारले पनि एक/दुई दिनमा मिलाउँछौं भनेको छ। मिलेको बेलामा एक घण्टा अगाडि जानकारी दिएर विहारले विद्युत दिइरहेको छ। 

हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले हाम्रो आन्तरिक उत्पादन पनि बढ्ने भएकोले हामीलाई आन्तरिक उत्पादनले नै पुग्ने छ। हामीले अहिले अपुग भनेको ३ सय मेगावाट हो। गत वर्ष यो वेला दैनिक ८ सय मेगावाट विद्युत आयात भएको थियो। यो करिब ६० प्रतिशत आयात भएको थियो।  तर, यो वर्ष माथिल्लो तामाकोसी आएकोले आयात घटेको छ र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ। पिकमा आयात कम गछौं। २००–२५० मेगावाटको हाराहारीमा मात्र आयात हुन्छ। 

बिजुली आयातको मूल्य महँगो त भयो तर बाहिर चर्चा गरिएको जस्तो ३८ रुपैयाँ प्रतियुनिट चाहिँ हैन। भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा किनेको भनेर बाहिर धेरै आयो। यो कुनै पनि हालतमा हैन। 

भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने अधिकतम २० भारतीय रुपैयाँ (३२ रुपैयाँ)लाई ३८ रुपैयाँमा आयात गरियो भन्दै हल्ला गरियो। 

National life insurance

एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं त्यसमा १८ भारु (२८.८ नेरु) परेको  रहेछ त्यो पनि १५ मिनेको ब्लकमा। यसभन्दा हामीले माथि कोट गरेकै छैन। अहिले १२ भारु प्रतियनिटको सीमा लगाइदिएकोले त्यसभन्दा बढी कोट गर्ने कुरै भएन। अहिले हामी उत्कृष्ट मूल्य हुने गरी मूल्य कोट गछौं। 

‘अप्टिमाइज इम्पोर्ट’ कसरी हुन्छ त्यतातर्फ ध्यान दिएर हामीले विद्युत आयात गरिरहेका छौं। हामीले मंसिरसम्म विद्युत आयात गर्नु परेको थिएन। अलिअलि निर्यात नै गरिरहेका थियौं। आयात पुसबाट सुरु भएको हो। पुसतिर जाडोको कारण हाम्रो माग बढी थियो भने भारतको कम। पुसमा विद्युत आयात गर्दा प्रतियुनिट औसत मूल्य तीन भारु (४.८ रुपैयाँ) भन्दा कम थियो। पिकमा अहिले बढी आउँथ्यो। माथिल्लो तामाकोसीले धान्ने भएकोले साँझ र बिहान पिकमा आयात नै गर्नु पर्दैन थियो। 

बिहारबाट प्रतियुनिट ६.१८ भारु (९.८८ रुपैयाँ)मा आयात गर्थ्यौं। त्यसैले भारतीय प्रतिस्पर्धी बजारमा योभन्दा बढी कोट नै गर्दैन थियौं। ६.१८ भारुलाई आधार मूल्य तय गरी प्रतिश्पर्धी बजारमा प्रतिश्पर्धा गर्थ्यौँ। एक दिन त औसत मूल्य प्रतियुनिट  १.८३ भारु (२.९२) आएको छ। पुस, माघ, फागुनसम्ममा आयाति विद्युतको प्रतियुनिट औसत मूल्य ३ भारु (४.८ रुपैयाँ)भन्दा कम छ। 

यसमा प्रसारण लाइन शुल्क ५३ पैसा थप्दा औसत ३.५३ भारु छ। रातिको मूल्य सस्तो भएकोले सोही समयमा बण्स् आयात गरेकोले औसत मूल्य कम भएको हो। माथिल्लो तामाकोसीलाई पिकिङ गरी पिक समयको मंगो विद्युत कहिले पनि किन्दैन थियौं। राती ९९ पैसा भारुमा किनेर आयात गरेका छौं, २ सय देखि ३ सय मेगावाटसम्म। फागुनसम्म ३.५३ भारुको हाराहारीमा थियो। चैतमा आएपछि भारतमा विद्युतको मूल्य दैनिक रुपमा एक्कासी बढ्यो। तर, पनि त्यतिवेलासम्म आन्तरिक रुपमा व्यवस्थापन गरी हामीले पिकमा किनेनौं। 

चैतमा भारतीय बजारमा मुल्य बढेका कारण यस अवधिसम्मको औसत मूल्य केही बढ्यो। बिहारबाट फागुनसम्म विद्युत ल्याएनौं। प्रतिश्पर्धी बजारमा सस्तोमा पाउँदा पाउँदै बिहारबाट ६.१८ भारुमा किन ल्याउने ? प्रतिश्पर्धी बजारमा सस्तो थियो। यसरी हामीले ‘अप्टिमाइज इम्पोर्ट’ गरेका हौं। चैतसम्ममा आयातित विद्युतको प्रतियुनिट औसत मूल्य ४.५० भारुको हाराहारीमा छ। 

बैशाखको १५ गतेसम्ममा औसत मूल्य केही बढेको छ। किनभने हामीले औसत मूल्य नै प्रतयुनिट १२ भारु थियो। तर, धेरै परिमाणमा आयात भएको छैन। पुसदेखि अहिलेसम्मको औसत मूल्य प्रतियुनिट करिब ५.२० भारु छ। सो प्रसारण शुल्क सबै जोडेर भएको मूल्य हो। कुनै बेला सस्तो किनेको छ कुनै बेला महंगो भयो त्यसको औसत मूल्य हेर्नु पर्ने हुन्छ। आन्तरिक उत्पादनले नधान्ने भएकोले करिब एक महिना पाएसम्म भारतबाट आयात गर्नु पर्ने हुन्छ।

बाँकी अवधिकोसहित आयाति विद्युतको प्रतियुनिट मूल्य औसतमा ६ भारुको हाराहारीमा हुन्छ। महंगोमा बिजुली किनेकै छौं। द्धिपक्षीय सम्झौता गरेर महंगोमा किनेको भए आरोप सही हुनसक्थ्यो। प्रतिश्पर्धी बजारमा तय भएको दरमा किनिउको हो। बिहारबाट पनि किन्नु पर्ने भएकोले औसत मुल्य केही माथि गएको हो। 

सस्तोमा बेच्यो भन्ने आरोप पनि गलत छ। गत सेक्टेम्बर र अक्टोरबरमा बिहारलाई दियौं। विहारमा बिक्री गरिएको विद्युतको प्रतियुनिट मूल्य ६.१८ भारु हो। जति मूल्यमा आयात भयो त्यतिमै निर्यात गरिएको हो। इनर्जी एक्सचेन्ज मार्केटमा नोभेम्बरबाट डिसेम्बरको मध्यसम्म बिक्री गर्न पाएको हो। ३९ मेगावाट डेढ महिना बिक्री गरेको हो। त्यसपछि त आन्तरिक उत्पादनले नधान्न थालेपछि आयात सुरु गरिएको हो। त्यतिवेला खपत गरेर बचत भएको करिब ५/६ सय मेगावाट अतिरिक्त ऊर्जा थियो। 

दशैंको वेला त ८ सय मेगावाटको हाराहारीमा थियो। त्यतिवेला १ हजार ८ सय मेगावाटको उत्पादन ८ सय मेगावाटको विद्युत माग थियो। औसतमा ३/४ सय मेगावाट खपत गर्न नसकी खेर गएकै हो। हामीले भारतबाट स्वीकृति पाएपछि ३९ मेगावाट एक्सचेन्ज बजारमा बिक्री गरेका हौं। हामीले जति कोट गरेपनि विद्युत बिक्री भएन भने शून्यमा आउनु पर्छ नि। डेढ महिनाको ३९ मेगावाटको ३.५० भारु औसत मूल्य पाएका हौं। दीर्घकालीन विद्युत खरिद बिक्री सम्झौता अनुसार नभएर ९६ वटा ब्लकमा प्रतिपश्र्धी दरमा तय भएको रेटमा बिक्री गरिएको हो। अहिले हामीसँग अतिरित्त ऊर्जा भएको भए प्रतियुनिट औसत मूल्य १२ भारु पाउँथ्यौं।

(नेपाल विद्युत प्राधिकरणको कार्यक्रममा कुलमानले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित: Apr 27, 2022| 20:02 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...