बुधबार, असार १०, २०८३

बैतडीका १२ उम्मेदवारविरुद्ध उजुरी

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलिसम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका बैतडीका विभिन्न पालिकाका १२ उम्मेदवारविरुद्ध उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नगरप्रमुख र गाउँपालिकाका उपाध्यक्षका उम्मेदवारसहित १२ उम्मेदवारका विरुद्ध उजुरी परेको हो। जिल्लाको पाटन नगरपालिकामा सबैभन्दा बढी सात उम्मेदवारका विरुद्ध उजुरी परेको छ। एमालेबाट नगरप्रमुख पदका उम्मेदवार नारायणसिंह भण्डारीविरुद्ध दुई जनाले उजुरी दिएको हो। 

National life

भण्डारी लेखापरीक्षकको रूपमा कार्यरत रहेको भन्दै उजुरी परेको निर्वाचन अधिकृत ईश्वरीदत्त जोशीले जानकारी दिए। यसका साथै वडासदस्यका उम्मेदवार हीरासिंह कठायत, प्रेमसिंह भाट, नवराज पाण्डेय, मानबहादुर विष्ट र नवराज भट्टका विरुद्ध उजुरी परेको छ।  

यस्तै शिवनाथ गाउँपालिकामा एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार सकुन्तला साउँद, नेकपा (माओवादी केन्द्र)का तर्फबाट उपाध्यक्षका उम्मेदवार नरेन्द्र साउँद र वडाध्यक्षका उम्मेदवार भरतराम पार्कीविरुद्ध उजुरी परेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पञ्चेश्वर गाउँपालिकामा वडा नं ६ का वडाध्यक्षका उम्मेदवार रामसिंह पुजारा र बलबहादुर भण्डारीविरुद्ध उजुरी परेको छ। पुजाराविरुद्ध पेश्की फछ्र्याेट नगरेको भनेर उजुरी परेको र भण्डारीविरुद्ध फौजदारी कसुरमा सजाय भोगेको भनेर उजुरी परेको हो। 

उम्मेदवारविरुद्ध परेका उजुरीका विषयमा भोलिसम्म छानबिन भइसक्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। स्थानीय निर्वाचनका लागि बैतडीमा ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक हजार ४४२ को उम्मेदवारी दर्ता भएको छ। 

Shivam cement

प्रकाशित: Apr 27, 2022| 19:22 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...