शुक्रबार, साउन २९, २०८३

सत्ता गठबन्धनको सातै प्रदेशको चुनावी सभा रद्द

सत्तारूढ गठबन्धनका पाँच दलहरुले सातै प्रदेशमा गर्ने भनिएको चुनावी सभा रद्द गरिएको छ। यसअघि वैशाख ८ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- सत्तारूढ गठबन्धनका पाँच दलहरुले सातै प्रदेशमा गर्ने भनिएको चुनावी सभा रद्द गरिएको छ। यसअघि वैशाख ८ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो। 

तर, बुधबार बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनगुमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा चुनाव सभा गर्ने निर्णयलाई संशोधन गरेको संयन्त्रका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए। 

उनका अनुसार अब गठबन्धनले वैशाख २३ गते दिउँसो १ बजे काठमाडौंमा मात्रै चुनावी सभा गर्नेछ। उक्त सभालाई गठबन्धन दलका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने सदस्य सचिव जोशीले जानकारी दिए। 

उनले भने, 'अन्य चुनावी सभाहरु आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुले स्थानीय तहमा नै गर्नेगरी कार्यक्रम तयर गर्न सक्ने निर्णय भएको छ।' 

यसअघि वैशाख ८ गतेको बैठकले वैशाख १८ गते धनगढीबाट चनुनावी सभा सुरु गरेर वैशाख २२ गते काठमाडौंबाट समापन गरिने कार्यतालिका तय गरिएको थियो। उक्त सभालाई संयोजकसहित पाँचै दलका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। यद्पि उक्त निर्णय भएको ६ दिनपछि भने सातै प्रदेशको चुनावी सभाको कार्यक्रम रद्द गरिएको हो। उक्त कार्यक्रम रद्द गरिनुको कारण भने खुलाइएको छैन। 


प्रकाशित: Apr 27, 2022| 19:04 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...