मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण पदक

टोक्यो ओलम्पिक २०२० मा भारतले पहिलो स्वर्ण पदक हासिल गरेको छ। जेविलिन थ्रो मा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण पदक जिताएका हुन्।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० मा भारतले पहिलो स्वर्ण पदक हासिल गरेको छ। जेविलिन थ्रो मा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण पदक जिताएका हुन्।

National life

उनले ८७.५८ मिटर थ्रो गर्दै एथ्लेटिक्सबाट भारतलाई स्वर्ण पदक जिताएका हुन्।

नीरजले जितेको स्वर्ण पदकसँगै भारतले टोक्यो ओलम्पिक २०२० मा कुल ७ पदक हासिल गरेको छ। भारतले पहिलोपटक ओलम्पिकमा ७ पदक हासिल गरेको हो।

यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा भारतले सर्वाधिक ६ पदक हासिल गरेको थियो।

जारी ओलम्पिकमा चीनले ३८ स्वर्णसहित ८६ पदक जित्दै शीर्ष स्थान कायम राखेको छ। उसले ३० रजत र २८ कास्य पदक जितेको छ। अमेरिका ३४ स्वर्ण, ३८ रजत र ३२ कास्यसहित १०४ पदक जितेर दोस्रो स्थानमा छ।

Laxmi sunrise bank
kumari

आयोजक जापान २५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५४ पदक जित्दै तेस्रो स्थानमा छ। यस्तै चौथो स्थानमा रहेको ब्रिटेनले २० स्वर्ण, २१ रजत र २२ कास्यसहित ६३ पदक जितेको छ।

प्रकाशित: Aug 07, 2021| 18:06 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।