बुधबार, असार १०, २०८३

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने चारवटा न्युज पोर्टल बन्द

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ।

National life

स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो। निर्वाचन आचारसंहिता लागू भएपश्चात् आयोगको आग्रहमा प्रेस काउन्सिल नेपालले देशभरका सञ्चारमाध्यमको अनुगमन गरिरहेको छ। सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत गराइँदै आएको छ। 

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यममध्ये चार वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई सञ्चारमाध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन गरेका छन् भने दुई वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन्।  

यसैगरी छ पत्रपत्रिका, तीन रेडियो, पाँच टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र दुई अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकाले सचेत गराइएको छ। त्यस्तै चार सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको छ।

स्थानीय तह निर्वाचनमा सहभागी हुने दल तथा उम्मेदवारबाट उम्मेदवारी दर्ता भइसकेको छ। आगामी दिनमा दल तथा उम्मेदवारका बारेमा प्रचारप्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्याउनु सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी रहेको प्रेस काउन्सिलको भनाइ छ। गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुने गरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन काउन्सिलले आग्रह गरेको छ।

Shivam cement

आयोग र काउन्सिलले दल तथा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशनरप्रसारण नगर्नरनगराउन, सःशुल्क विज्ञापन प्रकाशनरप्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फतबाट समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्नरनगराउन हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गर्दै आएको छ ।

प्रकाशित: Apr 27, 2022| 17:17 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...