बुधबार, पुस ३०, २०८२

लिभरपुलविरुद्ध घातक बन्ने दाउमा भिल्लारियल

च्याम्पियन्स लिगमा आज बुधबार राति स्पेनिस पाहुना टोली भिल्लारियलले घरेलु टोली लिभरपुलसँग खेल्दैछ। खेल एन्फिल्ड मैदानमा नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– च्याम्पियन्स लिगमा आज बुधबार राति स्पेनिस पाहुना टोली भिल्लारियलले घरेलु टोली लिभरपुलसँग खेल्दैछ। खेल एन्फिल्ड मैदानमा नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ।

National life

अन्तिम १६ मा इटालियन टिम युभेन्टस तथा क्वाटरफाइनलमा जर्मन महारथी बायर्न म्युनिखलाई स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको भिल्लारियल आज अर्को चुनौतीको सामना गर्न मैदान उत्रिँदै छ। ६ पटकको विजेता तथा यो सिजन उत्कृष्ट लयमा रहेको टिम लिभरपुलविरुद्ध मैदान उत्रिँदा स्पेनिस टोलीलाई सहज भने पक्कै हुनेछैन। भिल्लारियलका कप्तान ड्यानी पारेजोले आफ्नो टोली इङ्ग्लिस क्लबलाई हराएर फाइनलमा स्थान बनाउनेमा निर्धक्क रहेको बताएका छन्।

उनले भने, ʻहामी पूण रुपमा विश्वस्त छौं एन्फिल्डमा विजय हासिल गर्नेमा। हामीले सेमिफाइनल प्रवेशसम्म शिर्ष टिमलाई निराश बनाइसकेका छौं। हामीले शीर्ष टोलीलाई निराश पारेको यो सिजन मात्र होइन। गत सिजन पनि हामीले युरोपा लिग जित्ने क्रममा पनि युरोपका शिर्ष टोलीलाई हराएका थियौं। टोलीमा क्षमतावान खेलाडी छन् र हामीले धैर्यता अपनाउनुपर्छ।हाम्रो सफलताको सूत्र भनेकै टिमवर्क हो।’ ६ पटकको विजेता तथा यो सिजन उत्कृष्ट लयमा रहेको इङ्ग्लिस प्रतिद्वन्द्वीसँग खेल्दा सहज भने पक्कै हुने छैन्।

घरेलु लिगमा राम्रो प्रदर्शन गर्न नसके पनि भिल्लारियलले युरोपको नकआउट प्रतियोगितामा आफूलाई धेरै पटक प्रमाणित गर्दै आएको छ। गत सिजन म्यानचेस्टर युनाइटेडलाई हराउँदै युरोपा लिगको उपाधि जितेको थियो। स्पेनी घरेलु फुटबल भन्दा बाहिर खासै नाम नसुनिए पनि भिल्लारियललाई त्यो देशमा सबैभन्दा उत्कृष्ट ढंगले सञ्चालन गरिएको क्लब मानिन्छ।   

लिभरपुलले अन्तिम  १६ मा इटालियन क्लब इन्टर मिलानलाई र क्वाटरफाइनलमा पोर्चुगिच टोली बेनफिकालाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। योर्गेन क्लोपको टिम राम्रो लयमा खेलिरहेको छ। घरेलु लिगमा सिटीसँग उपाधिको लागि संघर्ष गरिरहेको लिभरपुल यो सिजन च्याम्पियन्स लिगसहित चार वटा उपाधि जित्ने लक्ष्यमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 27, 2022| 16:55 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।