बुधबार, असार १०, २०८३

भरतपुरमा गठबन्धनका बागी उम्मेदवार मिलाउन गृहमन्त्री चितवनमा

नेपाली कांग्रेसका नेता जगन्नाथ खतिवडाले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएपछि फिर्ता गराउनका लागि गृहमन्त्री चितवन पुगेका हुन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीको पक्षमा वातावरण तयार गर्न नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँड चितवन पुगेका छन्। नेपाली कांग्रेसका नेता जगन्नाथ खतिवडाले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिएपछि फिर्ता गराउनका लागि गृहमन्त्री चितवन पुगेका हुन्। 

National life

बुधबार दिउँसो भरतपुर विमानस्थल पुगेका गृहमन्त्री खाँडले असन्तुष्ट उम्मेदवारहरूलाई सम्झाउनका लागि आफू चितवन आएको जानकारी दिए। 

'बागीलाई मिलाउन मन लिएर आएको छु। म उहाँहरूलाई सम्झाउँछु,' मन्त्री खाँडले भने, 'उहाँहरूले पार्टीको निर्णय मान्नुहुन्छ।'

भरतपुर  माओवादीलाई छाड्न नसकिने भन्दै चितवनका नेताहरूले कांग्रेस सभापति देउवासहितका पदाधिकारीहरूलाई भेटेर जानकारी गराएका थिए। तर देउवाले भरतपुर माओवादीलाई नै दिने निर्णयमा हस्ताक्षर गरे। यसपछि असन्तुष्ट बनेको कांग्रेस चितवनका नेताले रेणुविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन्। 

यसअघि पार्टीले नै पौडेललाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको थियो। पार्टीको आग्रह नमाने कारबाही गर्ने कांग्रेसको चेतावनी छ। 

Shivam cement

बुधबारै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध सत्ताधारी दलका स्थानीय नेताले दिएको उम्मेदवारी फिर्ता गराउने सहमति गरेको थियो। यस्तै एमालेसहित सत्ता बाहिरका दलसँग गरिएको गठबन्धन पनि खारेज गर्ने गठबन्धनको निर्णय छ।  

प्रकाशित: Apr 27, 2022| 16:19 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...