शुक्रबार, साउन २९, २०८३

विप्लव नेकपा नेता खतिवडा र डाँगी रिहा

डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन्। उनीहरुलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

विराटनगर- नेकपा विप्लव समूहका तत्कालीन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन्। खतिवडालाई  जिल्ला अदालत मोरङले सोमबार धरौटीमा छोड्न आदेश दिएको हो। ०७६ साल असोज १६ गते पक्राउ परेका खतिवडालाई संगठित अपराध विस्फोटक पदार्थसम्बन्धी मुद्दा लगाएको थियो। 

अढाई वर्षपछि सो मुद्दाको फैसला गर्दै जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो। खतिवडासहित सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन्। 

डाँगी मोरङ बुढीगंगाका ७ निवासी हुन् भने खतिवडा बुढीगंगा ४ का स्थायी बासिन्दा हुन्। उनीहरुलाई प्रहरीले मोरङबाट पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरुलाई डंग्राहाको बालकुमार डाँगीको घर छेउको खोलाबाट फेला परेको विष्फोटक पदार्थ ओसार पसारमा संलग्न भएको अभियोग लागेको थियो।

अदालतले धरौटीमा छोड्न आदेश दिएसँगै उनीहरुले नेकपा विप्लव समूहमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित: Apr 27, 2022| 15:53 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...