शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं महानगरको प्रमुखमा ८ र उपप्रमुखमा १४ जना महिलाको उम्मेदवारी

काठमाडौं महानगरको प्रमुखमा ८ र उपप्रमुखमा १४ जना महिलाको उम्मेदवारी

स्थानीय तह चिर्वाचन २०७९को काठमाडौं महानगरको मेयरका लागि प्रमुखमा उम्मेदवारी दिने महिलाको संख्या ८ मात्र रहेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– स्थानीय तह चिर्वाचन २०७९को काठमाडौं महानगरको मेयरका लागि प्रमुखमा उम्मेदवारी दिने महिलाको संख्या ८ मात्र रहेको छ। मनोनयन दर्ता गराउने ५६ जनामा आठ जना महिला उम्मेदवार छन् भने बाँकी ४८ जना उम्मेदवारी दिने पुरुष छन्। 

उम्मेदवारी दिने महिलाहरूमा गठबन्धनबाट नेपाली कांग्रेसकी ५९ वर्षीया सृजना सिंह, विवेकशील साझा पार्टीबाट ३८ वर्षीया समीक्षा बाँस्कोटा, स्वतन्त्रमा ७४ वर्षीया सूर्या थापा श्रेष्ठ, ५१ वर्षीया ज्ञानु लामा तामाङ र  ४२ वर्षीया कान्ति तुलाधार बज्राचार्य छन्। यस्तै मंगोल नेशनल अर्गनाइजेसनकी ५५ वर्षीया सीता तामाङ, नेपाल जनता पार्टीबाट ४७ वर्षीया सरिता घिमिरे र आमूल परिवर्तन मसिहा पार्टी नेपालकी ६० वर्षीया रुपा सुवाल छन्। 

यस्तै उमेरका आधारमा रविकान्त मानन्धर सबैभन्दा जेष्ठ हुन्। काठमाडौं सुन्ता गल्लीबाट स्वतन्त्र उम्मेदवारी दिएका मानन्धर ८४ वर्षका छन्। यस्तै सबैभन्दा कम उमेर २४ वर्षका न्हुज मान्धरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रमुखका लागि ३५ जनाले स्वतन्त्रतर्फ उम्मेदवारी दिएका छन्। 

यस्तै, उपप्रमुखका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन्। त्यसमा १४ जना महिला उम्मेदवार छन्। चर्चामा आएकी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट २९ वर्षीया सुनीता डंगोल, नेपाल मजदुर किसान पार्टीबाट ४३ वर्षीया सविता श्रेष्ठ,  विवेकशील साझा पार्टीकी ६६ वर्षीया क्रिर्ती कंसाकर, सचेत नेपाल पार्टीबाट ३८ वर्षीया संगीता आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३५ वर्षीया बिनिता मगैया, नेपाल शुसासन पार्टीबाट ४९ वर्षीया पुष्पा खरेल, नेपाली जनता दलबाट ३१ वर्षीया बन्दना बज्राचार्य, नेपाली कांग्रेस बीपीबाट ५४ वर्षीया इन्दिरा अधिकारी थापा र मौलिक जरोकिलो पार्टीबाट ४७ वर्षीय कल्पनालगायतका उम्मेदवार छन्। उपमेयरमा महिला पुरुष दुबै गरेर स्वतन्त्रतर्फ उम्मेदवारी दिनेको संख्या १६ छ।  

उप्रमुखमा विवेकशील साझा पार्टीबाट उम्मेदवार दिएकी ६६ वर्षीया क्रिती कंसाकार उमेरका हिसाबले जेष्ठ उम्मेदवार हुन्। यस्तै स्वतन्त्र तर्फका २३ वर्षीय आशिष मर्हजन कान्छा उम्मेदवार हुन्।

प्रकाशित: Apr 27, 2022| 15:21 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...