बुधबार, पुस ३०, २०८२

चार महिला बक्सिङ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी भएका चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी भएका चार खेलाडीलाई  बन्द प्रशिक्षणमा बोलाईएको छ। नेपाल बक्सिङ संघले चार खेलाडीलाई बन्द प्रशिक्षणमा बालाएको संघले जानकारी दिएको हो।

National life

अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबाको विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपालको उत्कृष्ट ४ जना खेलाडीहरुलाई संघले बन्द  प्रशिक्षणमा बोलाएको हो।

बैसाख २३ गते देखि जेठको सात गतेसम्म टर्कीको ईस्तानबुल शहरमा हुन गईरहेको १२ औं विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा नेपालले चार तौल समूहमा प्रतिस्पर्धा गर्नेछ।

सहभागि हुनेमध्ये ४८ केजी तौल समुहमा सुस्मन तामाङ, ५२ केजी तौल समुहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी तौल समुहमा चन्द्रकला थापा र ६० केजी तौल समुहमा १३ औं साग स्वर्ण र रजत पदक विजेता पुनम रावलले रहेका छन।

सहभागी ४ जना खेलाडीले यसअघि थाइल्यान्ड थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका छन्। जसमध्ये पुनम रावलले काँस्य पदक जितेकी थिईन्।

Laxmi sunrise bank
kumari

रावलले जितेको पदक १२ वर्ष पछि नेपालले जितेको पदकसमेत हो। १२ वर्ष पहिला हालका आईबा थ्री स्टार कोच दिपक महर्जनले काँस्य पदक  जितेका थिए।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार कोच दिपक महर्जनले सातदोबाटो स्थित बक्सिङ्ग प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिईरहेका छन्।

सो प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन्। प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमशः एक लाख, ५० हजार र र २५००० अमेरिकी डलर नगद पुरस्कार पाउने छन्।

आसन्न १९ औं एशियन गेम्सको तयारीको लागि भने प्रतियोगिता अति महत्त्वपूर्ण हुने विश्वास रहेको छ।

प्रकाशित: Apr 27, 2022| 15:18 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।