शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका कार्यकर्ता गठबन्धन कहाँ बिग्रन्छ भनेर च्याँखे थापेर बसेका छन् : गगन

एमालेका कार्यकर्ता गठबन्धन कहाँ बिग्रन्छ भनेर च्याँखे थापेर बसेका छन् : गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्विन्टल भन्नेहरुले अहिले पाउ जम्मा गरेर हिँडिरहेको टिप्पणी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्विन्टल भन्नेहरुले अहिले पाउ जम्मा गरेर हिँडिरहेको टिप्पणी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्। 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विप्लवदेखि परिवार दलसँग मिलेका छन्। गठबन्धन, गठबन्धन भनेर धारे हात लगाउनेका कार्यकर्ता गठबन्धनको कुरो कहाँ विग्रन्छ र च्याँखे थाप्ने भनेर बसेका छन्,’ उनले नेकपा एमालेप्रति लक्षित गर्दै भने। 

केही समयअघि एक कार्यक्रममा ओलीले एमाले क्विन्टल र अरु पार्टी ढक भएको अभिव्यक्ति दिएका थिए।

संकल्पपत्रमा आवधिक निर्वाचनमा दलले गरेको कामको लेखा जोखा गरिने भन्दै थापाले नेकपाले सरकार चलाउने जिम्मा पाएको र अनुकूलता पनि पाएको भए पनि समय खेर फालेको बताए।

थापाले भने, ‘पाँच वर्ष खेर गएकोमा कसले माफी माग्ने? नेपाली जनता र देशको समय खेर गयो। सबैको समय खेर गयो। जिम्मा कसले लिने हो? मैले हो? कांग्रेसले गत चुनावमा प्रतिपक्षमा बस्ने जिम्मेवारी पाएको हो। सरकारमा गएको पार्टीले पाँच वर्षमा सरकार चलाउन सकेन। आफूले चलाएको बसलाई भीरबाट खसालिदिएको छ। तल बुटामा समाएर बसेर हामी यहाँ छौं भनेका छन्। भीरबाट खसाल्ने चाहिँ छाति ठोकेर हेर बहादुरी भनेर बसेका छन्। यो प्रश्न हामीले उठाएका हौं। २०४८ सालमा हामीले यस्तै जिम्मेवारी पाएका थियौं। तर हामीले चलाउन सकेनौं। जनताले हामीलाई देखाइदिए।’ 

अबको पाँच वर्ष कांग्रेसलाई जिम्मा दिन आग्रह गर्दै थापाले भने, ‘जिम्मा दिएपछि जिम्मेवारी पूरा गर्न सकेनौं भने हामीलाई धुलोमा झार्नुपर्छ। संकल्पपत्रमा हावा कुरा, गर्न नसक्ने कुरा, उडन्ते कुरा राखेका छैनौं। हामीले घोषणापत्र आकाशबाट भुइँमा झारेका छौं। अघिल्लो पटक हामीले पनि रेलका सपना देखाएका थियौं। हामीले भुइँमा ल्यायौं। यो संकल्पपत्रमा भएका कुरा गफ होइन। यो संकल्पपत्र र चुनाव चिन्ह लिएर लडेका साथीहरुलाई वर्क्ससप गर्छौं। स्थानीय तहमा पठाउँछौं र रिपोर्ट कार्ड बनाउँछौं। सभापतिसँग पनि हामीले यही भनेका छौं।’

प्रकाशित: Apr 27, 2022| 15:15 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...