शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बागी उम्मेदवारलाई महामन्त्री थापाको आग्रह– उम्मेदवारी फिर्ता लिइदिनुस्, अन्याय हुन दिन्नँ

बागी उम्मेदवारलाई महामन्त्री थापाको आग्रह– उम्मेदवारी फिर्ता लिइदिनुस्, अन्याय हुन दिन्नँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टी निर्वाचनको युद्धमा होमिएकाले अन्य विषयमा बहस गर्ने समय नभएको बताएका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टी निर्वाचनको युद्धमा होमिएकाले अन्य विषयमा बहस गर्ने समय नभएको बताएका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थापाले गठबन्धन गर्दा केही तलमाथि भए पनि अहिले त्यसलाई साइडमा राखेर चुनावमा होमिनुपर्ने बताए।

थापाले भने, ‘गठबन्धन ठिक हो कि होइन भन्ने मतभेद पहिले पनि थियो। अहिले पनि छ र भोलि पनि रहन्छ। अहिले पनि तालमेल गरेर जाने कांग्रेस र लोकतन्त्रका लागि हितकर हुन्छ कि हुँदैन भनेर फरक मत रहे र छन्। स्थानीय समितिहरुलाई तालमेलको जिम्मा दिइयो। महानगर बाहेक अन्य ठाउँमा स्थानीय समितिले तालमेलको निर्णय गरेका छन्। हामीमात्रै प्रतिस्पर्धामा उत्रँदा त समस्या थियो भने अन्य दलसँग मिलेर लड्दा समस्या भइहाल्छ। डिजर्भ गर्ने साथीहरु पनि उम्मेदवारीबाट बन्चित हुन परेको छ।

कतिपय ठाउँमा प्रतिशोध साँध्ने काम पनि भएका छन्। सबै विषयका बारेमा हामी बेवास्ता गरेर बसेका छैनौं। हामी निर्वाचनका क्रममा छौं। यो युद्ध जस्तो हो। यो बेलामा बहस गर्ने समय छैन। यो बेलामा हामी पार्टी जिताउन चाहन्छौं। तर, यसपछि फेरि छलफल हुन्छ। मुल्तवीमा राखिन्नँ। तालमेलका विषय, नियतका बारेमा छलफल हुन्छ। एउटा एउटा उजुरीका बारेमा छलफल गर्छौं, दोषिलाई कारबाही हुन्छ।’ 

चुनावमा होमिइसकेपछि पार्टीको निर्णयलाई सबैले मान्नुपर्ने उनले स्पष्ट पारे। उनले भने, ‘पार्टी निर्णय बाहिर गएर स्वतन्त्र उम्मेदवारी दिनुभएका साथीहरुलाई म महामन्त्रीको रुपमा उम्मेदवारी फिर्ता लिइदिनुस् भनेर आग्रह गर्छु। सबैलाई न्याय दिलाइन्छ। पार्टीको निर्णय भन्दा बाहिर गएर आवेगको निर्णय गरेर चुनाव हार्ने मात्रै होइन भोलि पार्टीमा फर्कने अवस्था रहँदैन। पार्टीभित्र भएको भोगेको असन्तुष्टिहरुलाई सम्बोधन गर्ने जिम्मेवारी हामी लिन्छौं।’ 

प्रकाशित: Apr 27, 2022| 15:05 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...