शुक्रबार, साउन २९, २०८३

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए। अब शनिबार र आइतबार हुने भएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन बिदाको निर्णय भएको जानकारी दिएका हुन्। 

सातामा दुई दिन बिदा दिने निर्णयसँगै बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ। यद्यपि सरकारले यसलाई परीक्षणका रूपमा मात्र कार्यान्वयन गर्ने तयारी गरेको छ।

पेट्राेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा निर्णय गरिएको बताइएको छ। नेपालले ठूलो मात्रामा पेट्रोलियम पदार्थको आयात गर्दै आएको छ। बढ्दो पेट्रोलियमको आयात र खस्कँदो निर्यातले शोधानान्तर घाटा बढ्दै गएको छ।

यस्तै विदेशी मुद्राको सञ्चितिमा पनि चाप परेपछि सरकारले सतर्कता अपनाएको हो। सरकारले बुधबारबाट नै लागू हुने कार, महँगा मोटरसाइकल, कुरमुरेलगायतका विभिन्न ३७ वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। 

प्रकाशित: Apr 27, 2022| 14:43 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...