शुक्रबार, साउन २९, २०८३

शेखरको आरोप- टिकट वितरणमा आर्थिक चलखेल भयो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलख‍ेल भएको आरोप लगाएका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टिकट वितरणमा आर्थिक चलख‍ेल भएको आरोप लगाएका छन्। उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक रुपमै आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

टिकट वितरणमा मापदण्ड बनाइ अगाडि नबढ्दा केही नेता कार्यकर्ता अन्यायमा परेको उनको आरोप छ। 'कांग्रेस देशको एकमात्र सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा टिकट वितरण सहज थिएन,' उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'टिकट वितरणमा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने थियो। तर, हाम्रो कुरा सुनिएन। '

उनले टिकट वितरण पारदर्शी नहुँदा जीवनभर कांग्रेसको सिद्धान्त र आदर्श अंगिकार गरेका साथीहरू अन्य पार्टीमा ओत लाग्न पुगेको बताए। उनले आफू कार्यकर्तामा राजनीतिक र व्यक्तिगत पर्न गएको पीडामा आफू संवेदनशील रहेको समेत बताएका छन्।

यसका वावजुद पनि सबैले स्थानीय तहमा जित हासिल गर्न जुट्नुपर्ने उनको आग्रह छ।



प्रकाशित: Apr 27, 2022| 09:26 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...