आइतबार, मंसिर ७, २०८२

बैंगलोरलाई हराउँदै राजस्थान रोयल्स शीर्ष स्थानमा

मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ। मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो।

राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो। उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो। बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३, वानिन्दु हसरंगा १८, साहबाज अहमेदले १७ रन जोड्दा रजत पाटिदरले १६ रन बनाए।

राजस्थानका कुलदिप सेनले ४ विकेट लिए भने रविचन्द्र आश्विनले ३ र प्रसिद्ध किसनले २ विकेट हात पारे। पहिले ब्याटिङ गरेको राजस्थानका रियान परागले ५६, कप्तान सन्जु सामसनले २७ रन बनाउँदा रविचन्द्र आश्विनले १७ रन जोडे। बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले दुईदुई विकेट हात पारे।
जितसँगै राजस्थानले ८ खेलमा १२ अंक जोडेको छ। पाँचौं स्थानको बैंगलोरले ९ खेलमा १० अंक बनाएको छ।

प्रकाशित: Apr 27, 2022| 07:45 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।