काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ।
आयोगले मंगलबार उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो। हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो।
भोलि (१५ गते) साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।
त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ। सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ।