शनिबार, पुस ५, २०८२

कैलालीमा चार उम्मेदवारविरुद्ध उजुरी

कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- कैलालीका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ। 

National life

कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका एक जनासहित जिल्लामा चार जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए।

उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने नेपालको भनाइ छ।

जिल्लाको घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरी र वडा अध्यक्षका उम्मेदवारी दिएका हिराजन विष्टका विरुद्ध पनि उजुरी परेको छ।  

पार्टीबाट जबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ।

प्रकाशित: Apr 27, 2022| 06:33 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।