शुक्रबार, साउन २९, २०८३

ललितपुर महानगर मेयर उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

ललितपुर- ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ। महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ललिपुरले जानकारी दिएको छ। 

'महर्जनविरुद्ध उजुरी परेको छ। बेरुजुसम्बन्धी उजुरी परेको हो,' मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले भने, 'उजुरीमाथि अध्ययन चाहिँ बुधबारदेखि मात्रै सुरु हुन्छ।'

महर्जन यसअघि पनि महानगरमा मेयर निर्वाचित भएका थिए। महानगर मेयरमा रहँदाको समयमा उनले बेरुजु फर्स्योट नगरेको भन्दै उजुरी प्राप्त भएको आयोगको भनाइ छ। 

निर्वाचन आयोगको आचारसंहितामा यसअघि नै जनप्रतिनिधिमा निर्वाचित भइसकेको भए बेरुजु फर्स्योट गरी सम्बन्धित पदबाट राजीनामा बुझाएर मात्र पुनः उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरेको थियो।

सोमबार र मंगलबार मनोनयनका लागि छुट्याइएकोमा बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन आयोगले सबैमा आह्वान गरेको थियो। 

प्रकाशित: Apr 26, 2022| 20:11 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...