बुधबार, असार १०, २०८३

नुवाकोटका दुई वटा वडाको दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

नुवाकोटका दुई वटा वडाका दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नभएको पाइएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

नुवाकोट- नुवाकोटका दुई वटा वडाका दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नभएको पाइएको छ। दूप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

National life

विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत केशरबहादुर पण्डितले जानकारी दिए। दुवै वडामा दलितको घर नै नभएका कारण कुनै पनि दलले उम्मेदवार पाउन नसकेको कारण खाली हुन पुगेको हो। 

यसैबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नुवाकोटका १२ वटा स्थानीय तहमा दुई हजार २४ ले उम्मेदवारी दिएका छन्। 

आइतबार र सोमबार भएको मनोनयनमा जिल्लाका १२ स्थानीय तह र ८८ वटा वडाका लागि विभिन्न राजनीतिक दलहरुका तर्फबाट उम्मदेवारी दर्ता भएको छ। प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाका अध्यक्ष र सदस्य गरी ४६४ पदको लागि उम्मेदवारी परेको हो। 

निर्वाचन अधिकृतहरुले दिएको जानकारीअनुसार स्थानीय तह २० जना अध्यक्षमा ७० जना, १५ जना उपाध्यक्षमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा ४७० जना, महिला सदस्य ३६७ जना, दलित महिला सदस्य ३०८ जना सदस्य ७१९ जनाले उम्मदेवारी दर्ता गराएका छन्।

Shivam cement

प्रकाशित: Apr 26, 2022| 20:01 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...