शुक्रबार, साउन २९, २०८३

कमलामाईमा गठबन्धनका श्रेष्ठको उम्मेदवारी रद्द

कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

सिन्धुली- कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा रूपमा उनको नाम कायम रहेकाले उम्मेदवारी रद्द भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उनले उम्मेदवारी दर्ता गराएका थिए। मंगलबार मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले सूचना जारी गर्दै निर्वाचन आयोगको सफ्टवेयरमा श्रेष्ठको उम्मेदवारी दर्ता हुन नसकेको जानकारी दिए। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित ६ वडा सदस्य र नेपाली कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलामाई–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर ११ मा वडाध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा वडा नं २ मा सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा वडासदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएका ढालबहादुर विक, वडा नं १ का लक्ष्मण सुनुवार, वडा नं १० मा वडासदस्य पदमा उम्मेदवारी दिएका उज्ज्वल कोइराला र वडा नं ४ मा मान्दोसिं भोलनले दिएको वडासदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन।

यस्तै नेपाली कांग्रेसबाट वडा नं ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टीकाप्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए।

प्रकाशित: Apr 26, 2022| 19:51 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...