शुक्रबार, साउन २९, २०८३

ओलीले आचारसंहिताको धज्जी उडाए, आयोगको ध्यानाकर्षण होस् : कांग्रेस

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप लगाए।

ओलीले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक शब्दहरु प्रयोग गरेको भन्दै उनले खेद प्रकट गरे। ओलीले आपत्तिजनक शब्दहरु प्रयोग गर्दा पनि निर्वाचन आयोगले ध्यान नदिएको भन्दै प्रवक्ता महतले ओलीको अभिव्यक्तिप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए।

उनले भने,  ‘आचारसंहितालाई धज्जी उडाएर आफूखुशी, मनलागी अत्यन्त तल्लो स्तरबाट कुराकानी आइराख्या छ। स्वयम् पूर्वप्रधानमन्त्रीको मुखबाट जस्तो किसिमको शब्द हाम्रो घोषणापत्रलाई लिएर, हाम्रो शब्द प्रयोग भएको छ, त्यो अत्यन्त खेदजनक छ। निर्वाचन आयोगलाई यस सम्बन्धमा गम्भिर रुपमा ध्यानाकर्षण गराउन चाहन्छौं।’

एमाले अध्यक्ष ओलीले मंगलबार पार्टीको एक कार्यक्रममा नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर विभिन्न टिप्पणी गरेका थिए। प्रवक्ता महतले ओलीको सोही टिप्पणीप्रति असन्तुष्टि जनाएका हुन्। उनले निर्वाचनमा नेपाली कांग्रेसले गरेका राम्रा कामहरुको व्यापक प्रचार–प्रसार गर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

प्रकाशित: Apr 26, 2022| 18:43 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...