शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो। हालै सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो।

त्यसयता असन्तुष्ट रहेका मल्लले आफूनिकट नेता–कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए।

मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारबाही गरेका हुन्। मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन्।




प्रकाशित: Apr 26, 2022| 18:24 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...