बुधबार, असार १०, २०८३

रसुवामा दुई वडा सदस्य निर्विरोध

स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

रसुवा- स्थानीय–तह निर्वाचन-२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।

National life

उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक/एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट वडा नं २ का लक्ष्मी परियार तथा नेकपा एमालेबाट वडा नं ५ का कान्छी लाटी कमिनी रहेका  छन्। स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार भएको मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, मङ्गोल अर्गनाइजेशन दल एवं स्वतन्त्र उम्मेदवारसमेत रहेका छन्। 

पाँचवटा गाउँपालिका र २७ वटा वडा रहेको रसुवा जिल्लामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि कूल ५०३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 26, 2022| 17:47 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...