बुधबार, असार १०, २०८३

बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको पहल

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिइएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिइएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन्।

National life

सत्तारुढ दलहरुबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै गुरुङले त्यसलाई फिर्ता गराउन सक्दो पहल र प्रयास भइरहेको बताएका हुन्। 

प्रमुख सचेतक गुरुङले नेकपा एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनुपरेको तर्क गरे। ‘संसददेखि वडास्तरसम्म सहकार्य गर्न सके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं। कतिपय पालिका र वडास्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएका छन्। तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ। कथंकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरुलाई हाबी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढन तयार छौं,’ उनले भने।

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए।

प्रकाशित: Apr 26, 2022| 15:13 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...