भरतपुर– भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन्। सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन्।
सुवेदीले भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका छन्। बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए।
एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ। एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ। बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ। महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता छन्।