शनिबार, मंसिर १३, २०८२

रूपन्देहीमा ८०७ पदका लागि पाँच हजार ७४ जनाको उम्मेदवारी

आशन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीमा सबै पदमा गरी ५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

बुटवल– आशन्न स्थानीय तह निर्वाचनमा रुपन्देहीमा सबै पदमा गरी ५ हजारभन्दा बढीको उम्मेदवारी परेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यमा गरी कुल ५ हजार ७४ जनाको उम्मेदवारी परेको हो।

National life

यी मध्येबाट सबै पदमा गरी ८ सय ७ जना निर्वाचित हुनेछन्। जिल्लाका १६ वटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो। राजनीतिक दलसँगै सबैजसो पालिकामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन्।

वैशाख ३० गते हुने निर्वाचनबाट जिल्लाका १६ पालिकामा एक–एक जना प्रमुख–अध्यक्ष, एक–एक जना उपप्रमुख–उपाध्यक्ष र १ सय ५५ जना वडाध्यक्ष चयन हुनेछन्। त्यस्तै, १ सय ५५ वडामा ६ सय २० जना वडा सदस्य निर्वाचित हुनेछन् ।

१६ पालिकाको प्रमुख–अध्यक्षमा २ सय १६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, उपप्रमुख–उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ। रुपन्देहीमा कुल ६ लाख ३२ हजार ३६० मतदाता छन्।

यसमा पुरुष ३ लाख २३ हजार ७७८, महिला ८ लाख ८ हजार ५७४ र अन्य ८ जना छन्। २०८ मतदान स्थल छन् भने ७०० सय मतदान केन्द्र छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 26, 2022| 12:30 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।