बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने इटालियन कप्तान केलिनीको घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने इटालियन कप्तान केलिनीको घोषणा

इटालियन भेट्रान डिफेन्डर तथा कप्तान जर्जियो केलिनिले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

kumari

काठमाडौं– इटालियन भेट्रान डिफेन्डर तथा कप्तान जर्जियो केलिनिले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन्। आगामी जुन १ मा युरोपियन च्याम्पियन इटाली तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाको खेलपछि उनले संन्यास लिने बताएका छन्।

सोमबार राति सिरिʻएʼ मा युभेन्टसले ससुलो माथि २–१ को जितसँगै खेलपछि आफूले अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिने बाताएका हुन्। केलिनिले भने, ʻयदि म ठिक छु भने म खेल्नेछु र राष्ट्रिय टोलीलाई वेम्ब्लीमा बिदाइ गर्नेछु। अर्जेन्टिनासँगको उत्सुक खेलका साथ राष्ट्रिय टोलीलाई गुडबाई भन्न पाउनु राम्रो हुनेछ। यो खेल राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ।’

केलिनिको कप्तानीमा इटालीले सन् २०२० को युरो कप जितेको थियो। युरोपको च्याम्पियन बने पनि उनले आफ्नो टिमलाई कतारमा हुने फिफा विश्वकप २०२२ मा भने छनोट गराउन असफल रहे। सन् २००४ मा इटालीको राष्ट्रिय टिममा डेब्यु गरेका उनले इटालीका लागि ११६ खेल खेल्दै ८ गोल गरेका छन्।

प्रकाशित: Apr 26, 2022| 12:11 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।