बुधबार, असार १७, २०८३

च्याम्पियन्स लिगमा आज रियल र सिटीको महाभिडन्त

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज मंगलबार राति दुई कट्टर प्रतिद्वन्द्वीबीच रोमाञ्चक खेल हुँदैछ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज मंगलबार राति दुई कट्टर प्रतिद्वन्द्वीबीच रोमाञ्चक खेल हुँदैछ। स्पेनिस टोली रियल मड्रिडले इङ्ग्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध खेल्न लागेको हो। 

नेपाली समयअनुसार खेल राति पौने एक बजे सिटीको घरेलु मैदान इथिहाडमा सुरु हुनेछ। दुवै टिमलाई यस प्रतियोगिताको मुख्य दाबेदारका रुपमा हेरिएको छ। पेप ग्वार्डिओलाको टिम सिटी र कार्लो एसेलोट्टीको रियल मड्रिड यो सिजन उत्कृष्ट लयमा खेलिरहेका छन्। क्वाटरफाइनलमा इङ्ग्लिस क्लब तथा साविक विजेता चेल्सीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको रियल उच्च मनोबलका साथ मैदान उत्रिनेछ।

घरेलु टोली सिटीले क्वाटरफाइनलमा स्पेनिस टिम एथ्लेटिको मड्रिडलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो। दुवै टोली लयमा रहेका कारण आजको यस खेललाई विशेष महत्वका साथ हेरिएको छ।  यसै खेललाई लिएर सिटीका प्रशिक्षक ग्वार्डिओलाले रियल मड्रिडमा धेरै प्रतिभा भएको तथा रियल उत्कृष्ट टिम रहेको तर आफूहरु उनीहरुको प्रतिभालाई आफ्ना थप प्रतिभाहरुले हराउनु भन्दा अन्य कुनै योजना नरहेको बताएका छन्।

यी दुई टिमबीच च्याम्पियन्स लिगमा ६ पटक खेल भइसकेको छ जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् भने दुई खेल बराबरी खेलेका छन्।

प्रकाशित: Apr 26, 2022| 16:10 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।