शुक्रबार, साउन २९, २०८३

देशभर १ लाख ३७ हजारको उम्मेदवारी दर्ता, तथ्यांक आउने क्रम जारी

यही वैशाख ३० गते शुक्रबार एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि हिजो सोमबार देशभर उम्मेदवारी मनोनयन दर्ता सकिएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– यही वैशाख ३० गते शुक्रबार एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि हिजो सोमबार देशभर उम्मेदवारी मनोनयन दर्ता सकिएको छ। हिजो साँझसम्म भएको मनोनयन दर्ताको सम्पूर्ण तथ्यांक निर्वाचन आयोगमा अझै आइसकेको छैन।

अहिलेसम्म १ लाख ३७ हजारको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ।  

आइतबार र सोमबार गरी ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्। 

पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको तथ्यांक अहिलेसम्म प्राप्त भएको छ।

प्रदेशअनुसार हेर्ने हो भने प्रदेश १ मा २१ हजार ८७९‚ मधेश प्रदेशमा ३४ हजार ७४७‚ बागमती प्रदेशमा २३ हजार ९६‚ गण्डकी प्रदेशमा १२ हजार १४६‚ लुम्बिनी प्रदेशमा २१ हजार ७५९‚ कर्णालीमा १२ हजार ३१८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ गरी कुल १ लाख ३७ ४३ जनाको उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित: Apr 26, 2022| 11:26 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...