बुधबार, असार १०, २०८३

बागलुङमा पुरानै उम्मेदवार आमनेसामने

विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी भएका थिए। पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

बागलुङ- सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ।

National life

विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी भएका थिए। पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन्। पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढेका हुन् भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो।

विसं २०७४ को चुनावमा बानपामा एमाले–राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए। कांग्रेस एक्लै चुनावमा होमिएको थियो। यो चुनावमा कांग्रेससँग नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तालमेल छ। 

सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उम्मेदवारी परेको छ। विसं २०७४ को चुनावमा एमाले–राजमो–राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी भएका थिए।

Shivam cement

सोही गठबन्धनले नगरका ११ वडामा जीत निकालेको थियो भने कांग्रेस जम्मा तीनवटा वडामा मात्र विजयी बनेको थियो। अहिले वडामा पनि गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दैछन्। 

जिल्लाका अरु स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुख–अध्यक्षलाई पुनः उम्मेदवारमा दोहोर्‍याएका छन्। विसं २०७४ को चुनावमा पराजित भएका पनि फेरि उम्मेदवार बनेका छन्। कांग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहेका भरत शर्मा गैरेलाई फेरि उम्मेदवार बनाएको छ। यस्तै तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन्। 

एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ। ढोरपाटन नगरपालिकाको प्रमुख भइसकेका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन्। गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारसँग पराजित कांग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। 

राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ। गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उनी गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन्।    रासस

प्रकाशित: Apr 26, 2022| 10:50 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...